विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

केन्द्रबिन्दु
15
Shares

घोडाघोडी (कैलाली) । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् ।

घोडाघोडीको वडा नं ४ सिम्थरीमा र वडा नं ९ को गोदनीमा क्रमशः ६/६ वटा आवास निर्माण गरिएका हुन् । नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिका भित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिए । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको साझेदारी लागतमा उक्त घर निर्माण गरिएका हुन् ।

सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ । घोडाघोडी नगरपालिकाको रु ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको रु २४ लाख र जनश्रमदान रु नौ लाख पाँच हजार पाँच सय दुई लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो । वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो ।

यसअघि पालिकाले वडा नं ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

Logo