झापामा एक महिलाको शव फेला

झापामा एक महिलाको शव फेला

केन्द्रबिन्दु
21
Shares

दमक (झापा) । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।

एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए ।सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पु¥याएको थियो ।


गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङ्गबोले बताए । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।

Logo