लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

केन्द्रबिन्दु
111
Shares

सर्लाही । बाल यौन शोषणको मुद्दा खेपिरहेका रामबहादुर बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ।

लिटिल बुद्धका नामले चिनिने बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्धा दायर भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको जानकारी दिए । काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो। उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार सोमबार यस मुद्दा दर्ता पनि गरिएको छ।

यसअघि, बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ ।

Logo