अपाङ्गता भएकालाई घरमै नागरिकता

अपाङ्गता भएकालाई घरमै नागरिकता

केन्द्रबिन्दु
15
Shares

दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए।

विसं २०६३ पुस १० गते जन्मिएका सुजन जन्मजात अपाङ्गता छन् ।

Logo