शिवरात्रिमा अवाञ्छित गतिविधि गर्ने ७५ जना पक्राउ

शिवरात्रिमा अवाञ्छित गतिविधि गर्ने ७५ जना पक्राउ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । पशुपति  क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ परेका छन्। महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा भैरहेको भीडमा उनीहरुले अवाञ्छित गतिविधि गरेको प्रहरीको भनाई छ ।

महाशिवरात्रिको अवसमा उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको तथा अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । पाशुप क्षेत्रमा सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एसपी बोहोराका अनुसार पशुपतिमा अहिलेसम्म लगभग २ लाख ३५ हजार जनाले दर्शन गरिसकेका छन् ।

त्यसो त शिवरात्रि पर्व अवधिमा पशुपति क्षेत्रमा नशाजन्य पदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ ।

Logo