काठमाडौं । महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएका एक जना भारतीय बाबा अस्वस्थ भएपछि अस्पताल लगिएको छ ।
उनलाई वीरेन्द्र सैनिक अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा प्राथमिक उपचार गरि थप उपचारको लागि नेपाल भारत मैत्री अस्पताल लगिएको हो । बाबालाई ३-४ दिनदेखि पेट दुख्ने समस्या रहेको र के भएको हो चेकजाँच पछि मात्र थाहा हुने डा.पद्मराज भारतीले बताए ।
चिकित्सकहरुले शिविरमै उपचार गरि सामान्य अवस्थामा ल्याउने प्रयास गरेता पनि पेट दुख्ने समस्या बढ्दै गएपछि बाबालाई अस्पताल लगिएको हो । उनी शिवरात्रीमा पशुपति दर्शनका लागि आएका थिए । उनीसँग कोहि साथी पनि नभएको पाइएको छ ।





























प्रतिक्रिया