काठमाडौं । महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएका भक्तजनहरुलाई विभिन्न संघ संस्थाहरुले खाना, पानी र फलफूल निशुल्क वितरण गरेका छन् ।
दर्शनार्थीहरुलाई लक्षित गरि सेवा भावले ति संस्थाहरुले पानी, जुस, फलफूल, खाना वितरण गरेका हुन् । काठमाडौं उपत्यका निर्माण व्यवशायी संघले निःशुल्क चिया, बिस्कुट, जुस र पिउने पानी वितरण गरेको थियो । उक्त संघले विगत १४ वर्ष देखि शिवरात्रीको समयमा जलपान वितरण गर्दै आएको छ ।
निर्माण व्यवसायका सदस्यहरुले रकम संकलन गरि यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । संघले जलपानमा दिनको एक लाख ५० हजारको हाराहारीमा खर्च १५ हजार जति दर्शनार्थीहरुलाई जलपान गराउदै आएको छ । जलपान वितरणमा निर्माण व्यबशायी संघका ५० भन्दा बढि सदस्यहरु खटिएका थिए ।
त्यस्तै, भोलेनाथ काँवरिया संघले भक्तजनहरुलाई शिवरात्रीको अधिल्लो दिनको बेलुका देखि खाना वितरण गरेका थियो । शिवरात्रीको दिन विहान चिया, हलुवा, चना र खानामा दाल, भात, तरकारी थियो । त्यसैगरि खाजामा अचार, पुरी, चिउरा र तरकारी वितरण गरेको हो ।
भोलेनाथ काँवरिया संघले विगत १८ वर्ष देखि खाना खुवाउने कार्य गरिरहेको छ । यस वर्ष संघले २५ अजार भक्तजनहरुलाई खाना खुवाउने व्यबस्था गरेको थियो । सेवाको भावले भक्तजनहरुलाई खाना खुवाउने कार्य गर्दै आएको भोलेनाथ काँवरिया संघका अध्यक्ष चुनुलाल जैसवालले बताए ।
छत्रप्रसाद दाहालले विगत ३ वर्ष देखि महाशिवरात्रीको अवसरमा पशुपतिमा भक्तजनहरुलाई फलफुल वितरण गर्दै आएका छन् । यस वर्षका शिवरात्रीमा पशुपति दर्शन गर्न आएका भक्तवजनहरुलाई प्रतिव्यक्ति १०० को हिसावले ४५ हजार भक्तजनहरुलाई फलफुल वितरण गर्ने लक्ष्य उनले राखेका थिए । आमाको सम्झनामा यो कार्य गर्दै आएको उनको भनाई छ ।





























प्रतिक्रिया