काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन ।
राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएका हुन् ।
घटनास्थल स्रोतका अनुसार घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन् । तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका छन् ।
आगजानी भएको ठाँउ अझैसम्म पनि दमकल पुग्न सकेको छैन । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् ।
यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए ।





























प्रतिक्रिया