राजावादी समूहले पेरिसडाँडामा पनि जलाए गाडी

राजावादी समूहले पेरिसडाँडामा पनि जलाए गाडी

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा पनि आगजनी गरेका छन् । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादीहरुले एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड गरेको खबर आएको हो ।

उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छृंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । तीनकुनेमा पनि एक घरमा आगजनी भएको छ ।

Logo