रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षति भएको छ । गरुडा नगरपालिका –५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजेतिर आगलागी भएको हो ।
आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली खटिएको थियोे । सुरक्षाकर्मी, स्थानीयबासी र वरुण यन्त्र (दमकल) सहयोगमा आगो करिब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए ।
उनका अनुसार विद्युत तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन, मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षति पुगेको उनले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति नभएको उनको भनाइ छ ।
आगलागीमा रु.१० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा पनि आगलागी भएको रौतहट प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया