राजधानीको वीर अस्पतालमा कार्यरत न्यूरो सर्जरी युनिटका प्रमुख डा. ध्रुवराज अधिकारीले राजीनामा बुझाएका छन् । सोमबार उपप्रधान तथा स्वाथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदलाई राजीनामा पत्र पेश गरेका हुन्। "/>

घुस दिन नसक्दा वीर अस्पतालका डाक्टरले राजीनामा दिए

घुस दिन नसक्दा वीर अस्पतालका डाक्टरले राजीनामा दिए

केन्द्रबिन्दु
0
Shares

राजधानीको वीर अस्पतालमा कार्यरत न्यूरो सर्जरी युनिटका प्रमुख डा. ध्रुवराज अधिकारीले राजीनामा बुझाएका छन् । सोमबार उपप्रधान तथा स्वाथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदलाई राजीनामा पत्र पेश गरेका हुन्।

राजीनामा पत्रमा डा. अधिकारीले चाकडी गर्न नसकेको र घुस दिन नसकेको भन्दै टिप्पणी गरेका छन् । विगत एक वर्षदेखि तलबबिहीन भएर काम गर्दै आए पनि पद खाली हुँदा समेत आफ्नो पोस्टिङ्ग नभएको राजीनामा पत्रमा उल्लेख छ ।

वीर अस्पतालका नवौं तहमा कार्यरत न्यूरो सर्जन डा. अधिकारीले ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकोले’ एक वर्षदेखि पद खाली भएको ठाउँमा समेत पोष्टिङ नगरेको भन्दै पदबाट राजीनामा बुझाएका हुन्।

उनले स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले दरवन्दी रिक्त हुँदाहुँदै पनि पोष्टिङ नमिलाई दिएको बताएका छन् । ‘पद्मा अर्याल मन्त्री हुँदादेखि धाएको धायै छु, अहिलेको मन्त्रीले पनि बारबार सचिवलाई उहाँको मिलाईदिनुस् भन्नुभएको हो,’ अधिकारीले भने, ‘उहाँले गरिदिनुभएन अहिलेको निमित्त सचिवले पनि म सक्दिन भन्नुभयो’ । डा.अधिकारीले भने ।

डा.अधिकारी गत मंसिरमा ९ औ तहमा बढुवा भएका थिए । बढुवापछि उनको पोष्टिङ पोखरा भएको थियो । पोखरामा न्यूरा सर्जरी सेवाका लागि टीम, पूर्वाधार नभएको भन्दै उनले काठमाडौंमै बस्ने इच्छा देखाएका थिए ।

Logo