काठमाडौं । भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन् ।
बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बिच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए । तिव्र गतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए ।
गाडीमा ९ जना यात्रु सवार रहेका थिए ।































प्रतिक्रिया