पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

केन्द्रबिन्दु
78
Shares

पोखरा । पोखरामा बिहीबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परेर स्कुटरको चालक समेत रहेकी कंडेलकी छोरी २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Skip This
Skip This
Logo