वैदेशिक रोजगारीबाट फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही

वैदेशिक रोजगारीबाट फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही

केन्द्रबिन्दु
264
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझालाई विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि तीन जना प्रहरीले आगमन कक्षभित्र लगेर अनुहार र खुट्टामा प्रहार गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि प्रहरीहरुको चौतर्फी विरोध भएपछि ती प्रहरीहरुलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको हो ।

उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Logo