१० वर्ष कैद तोकिएका रामबहादुर बम्जनले पाए सफाइ

१० वर्ष कैद तोकिएका रामबहादुर बम्जनले पाए सफाइ

केन्द्रबिन्दु
177
Shares

काठमाडौं । बाल यौन दुरुपयोगमा दोषी ठहर भई १० वर्ष कैद तोकिएका रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यसपछि बम्जनले आफूलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा रिट दिएका थिए। गत चैत ६ गते उच्चले उनलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्।

Skip This
Skip This
Logo