काठमाडौं । हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी बेपत्ता भएको छ ।
शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँस्थित रोकिराखेको ठाउँमा सडक भासिएर बेपत्ता भएको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी अझै नभेटिएको हो ।
गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । हाल गाडी भासिएको सडकमै पानीको दह बनेको छ । तर, गाडी कहाँ पुग्यो पत्तो छैन । हाल पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको बताइएको छ ।































प्रतिक्रिया