काठमाडौं । बीच सडकमै ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
हाल ट्रकलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ ।































प्रतिक्रिया