आज बुद्ध जयन्ती, विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गरिँदै

आज बुद्ध जयन्ती, विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गरिँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । वैशाख पूर्णिमाका दिन बुद्धको जन्म ज्ञानप्रप्ति र महापरिनिर्वाण भएकाले यो दिनलाई बुद्धपूर्णिमाका रूपमा मनाइएकाे हाे । आजभन्दा २५६९ वर्षअघि नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । तीनै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा दरबार छाडेर हिँडेको केही वर्षपछि गौतम बुद्ध बने । अहिंसा परमोधर्म भन्ने बुद्धको सन्देश आज विश्वभर फैलिएको छ ।

विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ।

बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ।

बुद्धका सबै शिक्षा र उपदेशको संग्रहलाई त्रिपिटक भनिन्छ । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ । शान्तिका अग्रदूत गौतम बुद्धका अनुयायी आज विश्वभर करोडौंको संख्यामा फैलिएका छन् । नेपालसहित चीन, भारत, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, श्रीलंका, मलेसिया, कोरिया, जापान, लाओस्, इन्डोनेसियालगायतका देशमा यो जयन्ती मनाइने गरिन्छ ।

Skip This
Skip This
Logo