गुल्मी

०५८ साल भदौ देखि रेसुङ्गा नगरपालिका २ का शेरबहादुर थापा वेपत्ता छन् । वेपत्ता पारिएका थापाको अहिलेसम्म कुनै खवर थाहा नभएको उनको परिवारले बताएको छ । "/>

बेपत्ता व्यक्ति खोज्ने आयोग नै बेपत्ता

बेपत्ता व्यक्ति खोज्ने आयोग नै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

गुल्मी

०५८ साल भदौ देखि रेसुङ्गा नगरपालिका २ का शेरबहादुर थापा वेपत्ता छन् । वेपत्ता पारिएका थापाको अहिलेसम्म कुनै खवर थाहा नभएको उनको परिवारले बताएको छ । ‘अहिले सम्म सास र लासको पत्तो छैन ,’ बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगसँग थापाकी पत्नी धनकलाले भनिन, ‘आयोग पनि नाम मात्रको भयो ।’

हाल गुल्मीमा आयोगका सदस्य आईबहादुर गुरुङ्ग सहितको टोलीले बेपत्ता व्यक्तिको परिवार, आफन्त र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी सुक्ष्म अनुसन्धानको काम भइरहेको आयोगले जनाएको छ । आयोगसँग एक दर्जन भन्दा बढी वेपत्ता परिवारले गुनासो गरेका छन् ।

कालीगण्डकी गाउँपालिका ४ का दुर्गादत्त ढकालले अयोगमा निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको बताए । ०६० सालमा ढकालका छोरा वेपत्ता भएका थिए । ‘आयोग नै बेखबर छ, मेरो छोरोको खबर कहाँबाट आउनु,’ ढकालले भने, ‘छोरा वेपत्ता भएकै दिन देखि बुहारीको मानसिक सन्तुलन ठिक छैन ।’ यता उमेरले ८० वर्ष काट्न लागेका दुर्गा बहादुर घर्ती मगरले धेरै पटक आयोग र शान्ति समितिमा निवेदन दिएपनि अहिलेसम्म न्याय नपाएको बताए ।

मानव अधिकारकर्मी गणेश श्रेष्ठ वेपत्ता व्यक्ति पत्ता लगाउन गठन भएको आयोग नै वेपत्ता भएको बताउँछन् । आयोगले वेपत्ता ब्यक्तिको परिवारलाई मलम लगाउनुको सट्टा विभिन्न कार्यक्रम गरेर घाउ बल्झाउने काम गरेको उनको आरोप छ ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले गहिरो अनुसन्धान गरेर पीडितको पक्षमा काम थाल्न टोलीलाई आग्रह गरे ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo