काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ ।
आयोगको प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो । रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो । जसमा श्रेष्ठलाई पठाइएको हो ।
पछिल्लोसमय अख्तियारले भिजिट भिसा प्रकरणमा छनविन गरिरहेको छ ।






























प्रतिक्रिया