कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

पटक–पटक बैंकको अध्यक्ष पदमा रहेर सोही बैंकमा संलकन भएको बचतकर्ताहरुको  २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेकाे आराेपमा ६५ वर्षका रायलाई रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए।  हाल उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको छ ।

२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरिसकेका छन् ।

Logo