राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने निर्णय

राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने निर्णय

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेको छ । यातायात व्यवसायीले हड्ताल गरेपछि संघीय सरकारको निर्देशन बमोजिम प्रदेश सरकारले यो निर्णय लिएको हो ।

सोमबार राति आन्दोलनरत यातायात व्यवसायी र संघीय सरकारबीच विभिन्न ६ बुँदे सहमति भएको थियो । जसमा संघीय कानूनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म प्रदेशका राईड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्ने बुँदा पनि समेटिएको थियो । सोही अनुसार स्थगित भएको हो ।

यो अवधिमा वार्ताका लागि प्रदेश सरकारले आह्वान गरेको छ ।

Logo