गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

केन्द्रबिन्दु
15
Shares

मोरङ । अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा जारी गरेकाे विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको जनाइएको छ ।

वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।

Logo