टिकटकमा भ्रामक सामग्री फैलाउने युवती पक्राउ

टिकटकमा भ्रामक सामग्री फैलाउने युवती पक्राउ

केन्द्रबिन्दु
165
Shares

काठमाडाैं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल टिकटकमा तथ्यहीन र भ्रामक सामग्री प्रसारण गरी जातीय तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने एक युवतीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीय रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी आधारहीन र भ्रामक विषयवस्तु प्रसारण गर्दै आएकी थिइन्। यस्ता सामग्रीले व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाउनुका साथै चरित्र हत्या गरेको उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गरिएको थियो।

Logo