३१ दिन पैदलयात्रा गरेर काठमाडौं आएका बोहोराले गरे प्रधानमन्त्रीलाई भेट्न नपाएकाे गुनासाे

३१ दिन पैदलयात्रा गरेर काठमाडौं आएका बोहोराले गरे प्रधानमन्त्रीलाई भेट्न नपाएकाे गुनासाे

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । ३१ दिन यात्रा तय गरेर संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् ।

मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो ।

त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएको प्रहरीले जनाएको छ ।

सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।
अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए ।

उनी कर्णालीका मुद्दाहरु एवम अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन् ।

Skip This
Skip This
Logo