रात्रिकालीन दृश्यमा यस्ताे देखियो स्वयम्भूनाथ [तस्वीरहरू]

रात्रिकालीन दृश्यमा यस्ताे देखियो स्वयम्भूनाथ [तस्वीरहरू]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । वर्षा रोकिएपछि खुलेको आकाश र चहकिलो प्रकाशमा नुहाएको स्वयम्भूनाथको रात्रिकालीन दृश्य अझै मोहक देखिएको छ। चिसो हावासँगै स्वच्छ वातावरणले काठमाडौं उपत्यकाको मुटुमा रहेको यो पुरानो स्तूपलाई झन् आकर्षक बनाएको छ। झिलिमिली बत्तीहरूको उज्यालोमा चम्किएको स्वयम्भूको गुम्बा र हरियालीले घेरिएको परिसरले साँझपख आउने दर्शनार्थीहरूलाई भिन्नै अनुभव दिन्छ। पानी परेपछि धुलो माटो थामिएर वातावरण खुलेको हुँदा दृश्य अझ प्रस्ट देखिन्छ।

तस्वीरहरूः टार्जन लिम्बु

Logo