जमेको पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको मृत्यु भएको छ ।

सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको आज मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

Skip This
Skip This
Logo