पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा बयान सुरु

पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा बयान सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा दायर भएको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ ।

नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका थिए ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा गत जेठ २२ गते अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । १८ माघ २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्‍ले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो ।

Skip This
Skip This
Logo