काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् । गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो । पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो ।









































प्रतिक्रिया