महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् -प्रमुख चिरीबाबु महर्जन

महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् -प्रमुख चिरीबाबु महर्जन

केन्द्रबिन्दु
39
Shares

ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।

बिहीबार ललितपुरमा लागु औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित लागु औषध दुर्व्यसनरहित घर अभियान कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिकाले धेरै कामहरु नेपाल प्रहरीको सहकार्यमा भएको र सबै सफल भएको बताएका हुन् ।

‘ललितपुर महानगरपालिकाले नेपाल प्रहरीसँग साझेदारी गरेका काम एकदमै सफल भएको छ । हामीले गरेका काममा नेपाल प्रहरीको धेरै सहयोग छ । यसका निम्ति म सम्पूर्ण प्रहरीहरुमा धन्यबाद,’ उनले भने ।

उनले ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु रहेको भन्दै नेपाल प्रहरीको अभियानमा सामेल गराउन आग्रह समेत गरे ।

‘ललितपुर महानगरपालिकामा मुलुककै चुस्त र दुरुस्त नगर प्रहरीहरु छन् । नगर प्रहरी प्रमुख निकै ख्यातिप्राप्त हुनुहुन्छ । उहाँकै कमाण्डमा १२५ जना नगर प्रहरीहरु छन् । उहाँले यो अभियान साथै लैजानु हुनेछ । नेपाल प्रहरीसँग रहेको अनुभव नगर प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरे,’ उनले भने ।

यस्तै, प्रहरी महानिरीक्षक दिपक थापाले लागु औषध दुव्र्यसनरहित घर अभियान लागु औषध दुरुपयोग एवम् ओसारपसार न्यूनीकरणका लागि कोशेढुङ्गा सावित हुने बताए ।

Skip This
Skip This
Logo