मुस्ताङ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहितको सुरक्षा टोली गएरातीको आएको बाढी नियन्त्रणमा लिन जुटेका छन् । मुस्ताङको थासाङ गाउँपालिका—२ को कोवाङ—लार्जुङ गाउँबिचबाट बग्ने लाङ्क्यु खोलामा अचानक बाढी आएपछि सिडियो भुसालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली साँझ त्यहाँ पुगेको थियो ।
त्यहाँ बाढी आएको सूचनापछि प्रशासन र सुरक्षाकर्मी लगायतको टोली लाङक्यु खोला पुगेको थियो । खोलामा गिट्टी र बालुवासहितको ग्रेगान मिश्रण बाढी आएकाले आईतबार साँझदेखि रातको एक बजेसम्म बसेर सिडियो भुसालकै अगुवाईमा डोजर लगाएर बाढी नियन्त्रणमा लिन सफल भएको कोवाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जिवन थकालीले जानकारी दिए ।
अध्यक्ष थकालीले शनिबार र आईतबार साँझ वर्षा भएको र वर्षासँगै धौलागिरी हिमालको फेदबाट बहने लाङ्क्यु खोलाको बाहव उच्च भएको बताए । अहिले तत्कालका लागि डोजरको सहायताले खोलाको ट्याकलाई गहिराई बनाएर नियन्त्रणमा लिईएको उल्लेख गरे ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडियो) भुसालले थासाङ—२ कोवाङ स्थित लाङ्क्यु खोलामा गे्रगानसहितको बाढी आएको बताए । बाढीले नजिकैको लार्जुङ गाउँमा बाढी पस्न लागेकाले सुरक्षा निकाय र स्थानीय सरकारको सक्रियतामा रातभर डोजर लगाएर बाढी नियन्त्रणमा लिइएको बताए । त्यहाँ बाढी आएपछि खोलाको सतहले त्यहाँ रहेको झोलुङे पुल र नजिकैको पक्की पुल माथि बगेको सिडियो भुसालको भनाई छ ।
मनुसन कायम रहेकाले त्यहाँ रहेको पुलहरु बाढीको जोखिममा रहेको सिडियो भुसालको भनाई छ ।
यसैगरी मनसुन सुरु भएसंगै मुस्ताङका शाखा नदीहरुको बाहव उच्च हुन थालेको छ । आईतबार मुस्ताङको ठिनी खोलामा सहित लेदोसहितको बाढी आएको थियो ।





























प्रतिक्रिया