काठमाडौं । भोजपुरमा ज्वाईं नाता पर्ने एक व्यक्तिले सासू ससुरासहित चार जनाको हत्या गरेका छन् ।
रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । ज्यान गुमाउनेमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरी रहेका छन् ।
राईले परिवारका चार जनाको हत्या गरेपछि आफैंले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले राईलाई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ । उनको पनि शरीरमा चोट छ।





























प्रतिक्रिया