रसुवामा बाढीः केही प्रहरी र मजदुरहरू सम्पर्कविहीन, उद्धारमा पुगेकाहरु नै फसे

रसुवामा बाढीः केही प्रहरी र मजदुरहरू सम्पर्कविहीन, उद्धारमा पुगेकाहरु नै फसे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर केही प्रहरी र सुख्खा बन्दरगाह कार्यालयका केही मजदुरहरू सम्पर्कविहीन भएका छन् ।

हाल उनीहरुको खोजी र उद्धार कार्य जारी रहेको बताइएको छ ।

यता बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका छन् । हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएसँगै यो समस्या भएको हो ।

Logo