रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुशल उद्धार

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुशल उद्धार

केन्द्रबिन्दु
12
Shares

रसुवा । चीनमा परेको अविरल वर्षापछि आएकाे आकस्मिक बाढीका कारण रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. २ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र ७ जना स्थानीय गरी कुल ९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएकाे छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले प्रतिकूल मौसमका बाबजुद फसेका व्यक्तिहरूको उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

उद्धार गरिएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक सुरक्षा र हेरचाहका लागि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ।

Skip This
Skip This
Logo