काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, २६ जना घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, २६ जना घाइते

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटनामा परेकाे छ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नं. ९ वेलनदीमा दुर्घटनामा परेको हो।

बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूकाे उपचारको लागि बुटवल रेफर गरिएको छ ।

Skip This
Skip This
Logo