काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीबाट लिएको ऋण तिर्ने भनेर घरमा बोलाएर मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाइएको थियो । यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
पक्राउ पुर्जी जारी हुनेमा मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगर रहेका छन् । मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् ।































प्रतिक्रिया