काठमाडौं । सिधाकुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा फेक अडियो बनाएको आरोपमा राजकुमार तिमिल्सिना पक्राउ परेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा उनी इटहरीबाट पक्राउ परेका हुन् । फेक अडियो प्रकरणमा सर्वोच्च अदालतले ६ महिना कैदको फैसला गरेपनि उनी फरार थिए । आज समातिएका हुन् ।
यस प्रकरणमा प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाइएको थियो। त्यसैगरी, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।





























प्रतिक्रिया