निर्मला काण्डमा आरोपी बनाईएका दिलिपको बयान, ‘पुलिसले असह्य यातना दियो’

निर्मला काण्डमा आरोपी बनाईएका दिलिपको बयान, ‘पुलिसले असह्य यातना दियो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका दिलिप विष्ट निर्दोष सावित भए । भदौं ४ गते निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनी २३ दिनसम्म प्रहरी नियन्त्रणमा रहे ।

डीएनए परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी भदौं २७ गते साधारण धरौटीमा रिहा भएका थिए । प्रहरी हिरासतमा रहँदा प्रहरीले धेरै नै मानसिक तथा शारिरिक यातना दिएको निर्दोष सावित भएका दिलिपले बताए ।

निर्मलाको हत्या आरोपमा प्रहरी झुटा प्रमाण बनाएर दिलिपलाई पक्राउ गरेको थियो । यतिबेला उनी बेला बेला प्रहरीले दिएको यातना तथा पीडा समझेर आफैं भक्कानिन्छन् । प्रहरी हिरासतमा रहेका बेला करेन्ट लगाउने, दिशा पिसाब गर्न नदिने, रगत शरीरबाट झिक्ने लगायतका कार्य प्रहरीले गरेको उनको आरोप छ ।

‘जति दिन म प्रहरी हिरासतमा बसे । ति दिनहरुको कुरा गर्दा अहिले पनि पारो तातेर आउँछ । आफुले नगरेको अपराध कबुल गर्न लगाउन प्रहरीले दानवीय व्यवहार देखायो’ उनले भने ।

मानसिक तथा शारीरिक यातना त कति दियो कति दियो उल्टै पागल बनोस भनेर म्याद गुज्रिएको औषधी पनि सेवन गर्न लगायो । त्यस्तो घटना नगरेको भए पनि म हत्यारा हो भनेर मुचुल्का तयार गर भनेर यातना दिएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मलाई आफ्नो भन्दा पनि घर परिवारको बढी चिन्ता थियो । मलाई त यिनिहरु मार्छन तर दाजू बाबा लगायतलाई मारिदिने धम्की दिन्थ्ये । त्यो बेला त लाग्थ्यो अपराध स्वीकार गरिदिन्छु ।’

यातना दिँदैं ‘हत्यारा म हो’ भनेर स्वीकार नगरे बाबु र दाजुलाई समेत मारिदने धम्की प्रहरीले दिएको उनी बताउँछन् । डीएनए परीक्षणको लागि काठमाडौं लगिएको बेला पनि प्रहरीले धेरै यातना दिएको उनी बताउँछन् ।

‘हस्पिटलमा सांग्लोले बाधेर राखेको थियो । त्यो साग्लो प्रहरीले घरी घरी तान्ने र मलाई लडाउने । सुतेको बेला पनि पानी खन्याईदिने जस्ता यातना मैले सहे’ उनी त्यो पीडादायी क्षण सम्झदै भन्छन् ।

Skip This
Skip This
Logo