काभ्रे ।
काभ्रेमा आज ३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ४१ जना निको भएका छन् । शनिबार २६ जना थपिएका थिए । शुक्रबार ३६ जना थपिएका थिए । यस्तै विहिबार ५० जना थपिएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ३६२ पुगेको छ । संक्रमित मध्ये १ हजार ९२१ जना निको भएका छन् । जिल्लामा ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये बनेपाका २ र महाभारतका १ जना रहेका छन् । आज बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको छ । अब जिल्लामा ४०७ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आज ९५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३२ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८३ हजार ४६ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ४३८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार २४४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २ हजार ७२८ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ । आज १ हजार ६६९ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९९ हजार ४० पुगेको छ । आज निको हुनेको संख्या ५ हजार ६९९ छ ।
आजको पिसिआर परीक्षण ८ हजार ३२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ६० हजार ७५ रहेको छ । आज १९ हजार ९६३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया