काठमाडौं । सिन्धुलीमा एउटा अच्चमको घटना घटेको छ जसले प्रहरीदेखी त्यस क्षेत्रका स्थानियलाई नै चकित बनाएको छ ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै एकाएक हराएका छन् । गोलन्जोर गाउँपालिका ६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँका स्थानीयले त्यही क्षेत्रमा बसोबास गर्ने उर्मिला हायुको १६ जनाको परिवार हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरीले यो विषयमा अनुसन्धान थालेको छ ।
घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको बताइएको छ । त्यसपछि हायुको घरमा पुग्दा सामान्य क्षति देखिएको समेत प्रहरीले जानकारी दिएको छ । यद्यपी १६ जनाको हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको समेत पाइएको छ ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरु कहिलेबाट हराएको हो पनि भन्न सक्ने स्थिती पनि छैन । किनकी घरभन्दा पारी एउटा गोठमा पाडो बाँधेको र तीन दिनदेखि पाडोलाई घाँस पानी गर्न कोही नगएपछि आज छिमेकीले घरमा आएर हेर्दा कोही नदेखेपछि प्रहरीका खबर गरेका हुन् ।





























प्रतिक्रिया