विपिन जोशीकी खाेजीमा आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीकी खाेजीमा आमा र बहिनी इजरायल प्रस्थान

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी खाेजीमा आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा आज त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालस्थित इजरायली दूतावासले नै उनीहरूलाई इजरायल लगेकाे हाे ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए । हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए । हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो ।

Skip This
Skip This
Logo