९.८ किलोमिटर कागबेनी–छुसाङ सडक कालोपत्र सुरू, २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

९.८ किलोमिटर कागबेनी–छुसाङ सडक कालोपत्र सुरू, २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

केन्द्रबिन्दु
6
Shares

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ ।

पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए। यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ ।

प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ।

Logo