अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड [तस्बिरहरु]

अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड [तस्बिरहरु]

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । चितवन–पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडक खण्डमा यातायात व्यवस्था अस्तव्यस्त भएको छ। आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हाे । जसको कारण यात्रुहरु जाममा फसेका हुन् । पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो । तर अहिले पुनः अवरुद्ध भएको हो ।

तस्बिरः टार्जन लिम्बु

Logo