रास्वपाका नेता कँडेल पक्राउ

रास्वपाका नेता कँडेल पक्राउ

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले चितवनको कालिका नगरपालिका -५ पदमपुरका कँडेललाई पक्राउ गरेको हो। उनले आफ्नो नामको अगाडि डाक्टर लेख्दै आएका थिए। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू भएको छ ।

केही दिनअघि रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीय नागरिको प्रकरणमा कँडेल पनि मुछिएका हुन् ।

Logo