काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । यसको प्रत्यक्ष असरस्वरूप बुधबार रातिदेखि काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर र छिमेकी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ। रातिदेखि शुरु भएको झरी बिहीबार पनि जारी रहेको छ । वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरूमा सडक जलमग्न भएका छन् ।















































प्रतिक्रिया