काठमाडौं । कैलालीको गोदावरी नगरपालिका -९ खुटिया खोलामा डुबेर चार जना किशोरको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब २ बजेतिर पौडी खेल्न गएका ती किशोरहरूको डुबेर मृत्यु भएको हो । ज्यान गुमाउनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।
घटनाको थप विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया