पूर्वप्रदेश प्रमुख अहिराजको मुद्दामा जिल्लाकै सदर, कारागार चलान

पूर्वप्रदेश प्रमुख अहिराजको मुद्दामा जिल्लाकै सदर, कारागार चलान

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । उच्च अदालत पाटनले मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेझ झा (राजेश अहिराज)लाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।

मुख्यन्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले बिहीबार थुनामा पठाउने जिल्लाकै आदेशलाई सदर गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

झाविरुद्ध एक महिलाले २०८१ जेठ ४ गते आफ्नै डेरामा बलात्कार गरेको आरोपमा परेको मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाले काठमाडौंको न्यायाधीश पिताम्बर शर्माको इजलासले गत साउन १४ गते थुनामा पठाउने आदेश गरेको थियो । अदालतको आदेशसँगै झालाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंको उक्त आदेशविरुद्ध झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि जिल्लाकै सदर भएको हो । झालाई गत साउन ४ गते प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Logo