काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।
त्यस्तै, महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।
शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।





























प्रतिक्रिया