बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

केन्द्रबिन्दु
9
Shares

चैनपुर (बझाङ)। बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ ।

सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए ।

उनका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा आज साँझ ८ः०० बजे जेसिबी पल्टिँदा जेसिबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए ।

Logo