काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ।

































प्रतिक्रिया